Section 28
विशेष अवस्था
(१) कुनै विशेष अवस्था परी कुनै क्षेत्रको विद्युत उत्पादन, प्रसारण वा वितरण बन्द गर्नु परेमा वा कुनै क्षेत्रमा विद्युत सेवा तत्काल पुर्याउनु पर्ने भएमा नेपाल सरकारले सम्बन्धित विद्युत उत्पादन, प्रसारण वा वितरण गर्नेलाई आवश्यक आदेश दिन सक्नेछ र त्यस्तो आदेश पालन गर्नु निजको कर्तव्य हुनेछ ।
(२) उपदफा (१) बमोजिमको आदेश पालन गर्दा पर्न गएको हानि नोक्सानीको क्षतीपूर्ति नेपाल सरकारले व्यहोर्नेछ ।